शाहीद कपूरको फिल्म ‘कबिर सिंह’ ले पाँच दिनमै कमायो १०० करोड, कपूर र कियाराको बेजोड अभिनयलाई रुचाए दर्शकले

एजेन्सी- बक्सअफिसमा धमाकेदार सफलता हासिल गर्दै अभिनेता शाहीद कपूरको फिल्म ‘कबिर सिंह’ ले प्रदर्शनको पाँचदिन भित्रै १०० करोड क्लबमा प्रवेश गरेको छ ।जुन फिल्म कपूरको करियरमा एकसय करोड कमाउने पहिलो सोलो फिल्म हो । दक्षिण भारतीय सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो कबीर सिंह ।

‘अर्जुन रेड्डी’ का निर्देशक सन्दिप वागाले नै हिन्दी भर्जन ‘कबिर सिंह’ को निर्देशन गरेका हुन् । फिल्ममा शाहिद जड्याहा डाक्टरको भुमिकामा देखा परेका छन् । फिल्ममा उनको भुमिकालाई अत्यन्तै मन पराइएको छ ।

यस वर्ष प्रदर्शन भएका फिल्महरु मध्य सबैभन्दा छिटो १०० करोड कमाउने फिल्ममध्य सलमान खानको ‘भारत’ पहिलो र शाहीद कपूरको फिल्म ‘कबिर सिंह’ दोस्रो बनेको छ ।शाहीद कपूरको ‘कबीर सिंह’ ले भने दर्शकहरुलाई हलसम्म तान्न सफल भइरहेको छ । शाहीद कपूर र कियारा अडवाणीको बेजोड अभिनयलाई युवाहरुले निकै रुचाइरहेका छन्।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

शाहीले प्रयोग गरेको सेनाको हेलिकोप्टरको बिल पार्टीले तिर्ने

Yunnan is a major concentrated area of Zhiguo minorities