काठमाडौँ- बिहीबार अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशभर मनसुन सक्रिय भएकाले पूर्व र मध्यका धेरै स्थानहरुमा र पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
विशेष गरी देशको मध्य र पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमी भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।। काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि झरी परिरहेको छ । मनसुन सुरु भएसँगै तापक्रम घटेको छ ।
Comments
0 comments