भिरबाट लडेर शेर्पाको मृत्यु

ओखलढुंगामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका(५ साविकको वर्णालु गाविसका फुर्वाकाजी शेर्पा रहेको प्रहरीले जनाएको छ ।हिले भन्ने स्थानको भिरबाट लडे शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको टोली घटनास्थलमा पुगेपछि मात्रै घटनाको बारेमा थप विवरण आउने प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। घटनाबारे स्थानीयले जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको हो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अनिल तामाङले रबि लामिछाने संग मागे माफी , बास्तबिक कुरा त यस्तो पो रहेछ (भिडियो सहित)

किसानलाई मल उपलव्ध गराउन सम्बद्ध निकायको चासो पुग्न नसकेको किसानको गुनासो