काठमाडौं– उपराष्ट्रपतिको कार्यालय ग्रीन हाउस लैनचौरमा सरेको छ । उपराष्ट्रपतिको कार्यालयले बुधबार वक्तव्य प्रकाशित गरेर बुधबारबाट कार्यालय स्थानान्तरण भएको बताएको छ । हरियाली भएको र थप वातावरणमैत्री बनाउनका लागि भवनमा हरियो रङ नै लगाएर ‘ग्रीन हाउस’ नामाकरण गरिएको हो ।
उपराष्ट्रपतिको निवास उक्त भवनमा यसअघि नै स्थानान्तरण भई सके पनि मर्मत सम्भारको काम बाँकी रहेकाले उपराष्ट्रपतिको कार्यालय औपचारिक रुपमा बुधबार मात्रै स्थानान्तरण भएको हो । उपराष्ट्रपति निवास भने कपुरधारा मार्गमा थियो । अब उपराष्ट्रपतिको कार्यालय र निवास आफ्नै स्वामित्वमा एकै स्थानमा भएको छ ।
Comments
0 comments