सरकारले सबै प्रकारका दुव्र्यसन रोक्न प्रभावकारी कदम चाल्छ – मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले लागुऔषध तथा सबै प्रकारका दुव्र्यसनी रोक्न प्रभावकारी कदम चाल्ने बताउनुभएको छ । रिकोभरी नेपालद्वारा लागुऔषध तथा दुव्र्यसनीविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा यहाँ आज आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले समाजमा देखा परेका विसङ्गति र समस्यालाई पहिचान गरी उचित कदम चाल्नुपर्ने कुरामा जोड दिनुभयो ।

मुख्यमन्त्री राईले असल समाज निर्माण गर्न असल सोच, नीति र योजनाका साथ अघि बढ्ने विश्वास व्यक्त गर्दै समाजमा रहेका यस्ता समस्यालाई समाधान गरेर स्वस्थ र सम्पन्न समाज निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।उहाँले लागुऔषध तथा दुव्र्यसनीविरुद्धको कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले ‘म अघि बढछु’ नारा ल्याएको र यही नाराका माध्यमबाट सगरमाथा टिन्स क्लबद्वारा दुई लाख विद्यार्थीमार्फत सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले समाजबाट विकृति र विसङ्गतिलाई हटाउन सामूहिकरुपमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले लागुऔषध र दुव्र्यसनी रोक्न चुनौती बन्दै गएकाले यसलाई निर्मूल पार्न सबैको सहयोगको आवश्यकता औँल्याउनुभयो ।

रिकोभरी नेपालका केन्द्रीय उपाध्यक्ष दिपक चापागाईंले ठूलो सङ्ख्यामा देखिएका लागुऔषध प्रयोगकर्तालाई समाजमा पुनःस्थापना गरी रुपान्तरण गर्न रोजगार दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रिकोभरी नेपालका सञ्जीव चापागार्इं र प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले लागुऔषध प्रयोगकर्ताको अवस्थाका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

लोक गायक बिष्णु खत्रीको असारे गीत बजारमा आएको केहि मिनेटमै भाइरल

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा सहभागी