जेब्रा झोलाभित्र परालले बेरी लुकाएर लादै गरेको अवस्थामा लागुऔषधसहित किशोरी पक्राउ

नुवाकोटको ककनी गाउँपालिकाबाट तीन किलो २०० ग्राम गाँजा जस्तै देखिने लागुऔषध प्रदार्थ ओसारपसार गर्ने क्रममा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुर घर भएकी १७ वर्षीया किशोरीले जेब्रा झोलाभित्र परालले बेरी लुकाएर लादै गरेको अवस्थामा नापतौलअनुसार उक्त तौलको ३४ थान लागुऔषध गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

ककनी–२ स्थित खानी खोलाबाट काठमाडाँैतर्फ लैजाँदै गरेका अवस्थामा लागुऔषधअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताउनुभयो । लागुऔषध ओसारपसारमा किशोरी मात्र नभई अन्य चार जनाकोसमेत संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले उनीहरुको खोजी भइरहेको जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सलमानका फ्यानका लागी आयो दुखद: खबर

अत्तरिया चोक सम्मको ‘छ लेन’को सडक दुई वर्षको अवधिमा ४२ प्रतिशत मात्र काम सम्पन्न