इरानी मेस्सी’को पहिचान बनाएका रेजा माथि लाग्यो २३ युवतीसँग दुर्व्यवहार गरेको आरोप

काठमाडौँ-इरानका एक व्यक्तिमाथि२३ युवतीसँग यौनसम्बन्ध राखेको आरोप लागेको छ । समाचारमा जनाइए अनुसार उनले फुटबल स्टार लिओनल मेस्सीको परिचय प्रयोग गरेर २३ युवतीसँग यौनसम्बन्ध राखेको आरोप लागेको छ ।

यो खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘इरानी मेस्सी’को पहिचान बनाएका रेजा पारास्तेसले मेस्सीको नाम लिएर ती महिलासँग यौनसम्बन्ध बनाएको खबर बाहिर आएको हो । पारास्तेस ठीक मेस्सीजस्तै देखिन्छन् ।

धेरैले उनलाई इरानी मेस्सी भन्ने गर्छन् । पारास्तेसले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै इन्स्टाग्राममा एक सन्देश लेखेका छन् । उनले आफ्नो छवि र प्रसिद्धीमाथि नखेल्न चेतावनी पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

एसईईको नतिजा भोलिमात्रै, बोर्ड बैठक पनि भोलि नै

सलमानका फ्यानका लागी आयो दुखद: खबर