लोकसेवाको विज्ञापनको सुनुवाइ अब आइतबार हुने

काठमाडौं । बुधबार हुने भनिएको लोकसेवा आयोगको स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि प्रकाशित गरिएको विज्ञापनविरुद्ध परेको रिटको सुनुवाइ आइतबार हुने भएको छ । आयोगको स्थानीय तहका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन संविधानको भावनाविपरीत भएको उल्लेख गर्दै परेको रिट निवेदनको बुधबार हुने भनिएको सुनुवाइ आइतबारको लागि सरेको छ।

अधिवक्ता विकासकुमार ठाकुरले दायर गरेको सो रिटमाथि बुधबार हुने भनिएको सुनुवाइबारे संसदको राज्य व्यवस्था समितिलाई सूचना नपुगेकाले आइतबारका लागि सरेको हो । न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले बुधबार अन्तरिम आदेशको छलफलका लागि राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको छ।

अधिवक्ता ठाकुरले लोकसेवा आयोग केन्द्रीय कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिकतर्फ पदको खुला तथा समावेशी विज्ञापन संविधानको भावनाविपरीत भएको उल्लेख छ।
आयोगले गएको जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १ सय ६१ सिटका लागि विज्ञापन गरेको थियो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सवारी जाँच कार्ययोजना शुभारम्भ

प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईलगायत कार्यक्रममा सहभागी