काठमाडौं। पछिल्लो समय अत्याधिक चर्चामा रहेको चर्चित गीत गलबन्दीको विवाद मिलेको छ । यो गीत बारेमा यति बिबाद भयो कि गीतले संसदमा नै प्रबेश पायो । प्रकाश सपुतको यो गीतमा अर्का गायक शम्भु राइको गीतको लय चोरिएको भन्दै यो गीग विवादित बनेको थियो । अब भने यो विवाद सहमतिमा पुगेर टुंगिएको बताइएको छ ।
प्रकाश सपुतले गीतमा शम्भु राईलाई क्रेडिट दिने भएपछि विवाद सहमतिमा सकिएको हो । शम्भु राईले पनि यसवापत कुनै आर्थिक क्षतिपूर्ति नमाग्ने सहमति भएको बताइएको छ । सहमति अनुसार शम्भु राईले गलबन्दी बोलको गीतलाई लिएर प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा प्रकाश सपुतविरुद्ध असार ५ गते दर्ता गराएको उजुरी पनि फिर्ता लिएका छन्।
Comments
0 comments