यी हुन् भुटेको लसुन खाँदा अनेक फाइदा

काठमाडौं । मिलाएर भोजन गरेमा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । भान्सा नै पहिलो औषधि र विषको स्रोतको हो । खानेकुरा शरीरलाई फाइदा पुग्ने तरिकाले खान जानेमा औषधिको काम गर्छ भने जथाभावी खाने गरेमा विषको काम गर्छ । यहाँ चर्चा गर्न खोजिएको विषय हो, लसुन सेवनको फाइदाबारे । हरेक नेपालीको भान्सामा सजिलै उपलब्ध हुने लसुनको प्रयोगले खानालाई स्वादिलो मात्रै बनाउँदैन स्वास्थ्यका लागि धेरै फाइदा पनि गर्दछ ।

काँचो लसुन भन्दा अझ भुटेको लसुन खाँदा झनै लाभदायक हुने गर्छ । भुटेको लसुन महमा मिलाएर, हरियो धनियाँको अचारमा र सूप बनाउने क्रममा लसुन मिलाएर खाँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

लसुनमा पाइने एलिसिनले रक्तसंचारमा सुधार ल्याउँछ भने स्टेमिना पनि बढाउँछ । भुटेको लसुनमा सेलेनियम, भिटामिन्स हुने भएकाले स्पर्मको क्वालिटीमा सुधार ल्याउँछ र फर्टि्लिटी बढ्छ ।

भुटेको लसुन खाँदा सेक्स हार्मोनको लेभल सन्तुलित राख्नेदेखि कोलेस्ट्रोल लेभल नियन्त्रण र मुटुको समस्याबाट पनि बचाउँछ । मिर्गौला, कलेजोजन्य रोगबाट बचाउने भुटेको लसुनले प्रोस्टेट क्यान्सरबाट बचाउँछ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

रक्सी सेबन गरेर अजयले चलाएको भारतिय गाडीले तीन सवारीलाइ एकैपटक ठक्कर दिँदा तीन घाइते, एकको अबस्था गम्भीर

दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको अनुदानमा चार गुणा वृद्धि