डेभिड सिल्भाले छाड्ने भए म्यानचेस्टर सिटी

काठमाडौं । डेभिड सिल्भाले आफू म्यानचेस्टर सिटीबाट बाहिरिने बताएका छन् । एक अन्तर्वार्ताका क्रममा ३३ वर्षीय उनले आफू म्यानचेस्टर सिटीबाट बाहिरिन लागेको जानकारी दिएका हुन् । उनकाअनुसार २०१९–२० को सिजन पछि सिल्भाले म्यानचेस्टर सिटी छोड्न छन् । म्यानचेस्टर सिटीलाई चारवटा प्रिमियर लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका उनले ३९५ खेल खेल्दै क्लबलाई चार पटक लिग कप र दुई पटक एफए कपको उपाधि पनि जिताएका थिए । सन् २०१० मा म्यानचेस्टर सिटीमा आबद्ध भएका सिल्भाले छोड्ने अहिले उपयुक्त समय रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

तीन करोड नेपालीले हेर्नैपर्ने आमाछोराको मनछुने भिडियो, श्रीमतीले छोडेपछि आमाको साथ (भिडियोसहित)

विद्यार्थीलाई लागू औषधसम्बन्धी सचेतना