असार लागेसँगै मुलुकभर यतिबेला धान रोप्ने चटारो छ । प्रमुख खाद्य बाली धान रोप्ने तयारीका लागि यतिबेला किसानहरु खेतमा व्यस्त छन् । खेत जोत्ने, आली लगाउने, बिउ तयार गर्ने, पानीको जोहो गर्ने काम चलिरहेको देख्न पाइन्छ । असार १५ गतेलाई राष्ट्रिय धान दिवस मनाउने गरिन्छ ।
त्यसैले धेरै किसानले दिवसकै सन्दर्भ पारेर धान रोप्ने तयारी गर्छन् । दिवसलाई सरकारले पनि प्राथमिकताका साथ मनाउने गरिन्छ । हामी केही दिन अघि नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ मा पुगेका थियौं ।
त्यहाँ पुग्दा हलो जोत्दै गरेको दृश्य देखेपछि केहीबेर रोकियौं ।
खेतमा ५० वर्षीय शेरबहादुर तामाङ हलो समातेर गोरु लखेट्दै थिए । आडैमा उनकी काकी वीरलक्ष्मी तामाङ खेतको घासँ, झार पन्छाउँदै थिइन् । हामीले काकीछोरासँगै कुराकानी गरेका छौं । कुराकानीका क्रममा उनीहरु निकै खुलेर बोले । खेती गर्न दुःख नहुने उनीहरुको भनाइ थियो । हेर्नुहोस् पूरै भिडियो ।
Comments
0 comments