आमाले विवाह गर्न नमान्दा छोरी अपहरण गरे यि अपहरणकारीले, बुटवलको होटलबाट यसरी गरीयो उद्धार

विरगञ्ज-आमाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि एक व्यक्तिले छोरीको अपहरण गरेका छन् । विरगञ्जका जयराम दासले रुपन्देही तिलोत्तमाकी एक महिलालाई विवाह गर्न प्रस्ताव गरेपछि नमानेको भन्दै अपहरण गरेको बताउका छन् । सोमबार अपहरित बालिकालाई प्रहरीले बुधबार उद्धार गरेको छ । ९ गते साँझ तिलोतमा नगरपालिकाबाट ६ वर्षकी बालिकालाई विरगञ्ज महानगरपालिका २७ का ३८ वर्षीय जयराम दासले अपहरण गरेका थिए ।
घरमा आमा र छोरी मात्र भएको समयमा दासले बालिकालाई जवरजस्ती लगेको भन्ने सुचना प्राप्त सुचना प्रहरीले पाएपछि खोज्दै जाँदा बलिकालाई प्रहरीले बुटवलमा फेला पारेको बताइएको छ । प्रहरीले बुटवल उपमहानगरपालिका ५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टको कोठा नं. १०३ मा लुकाई राखेको अवस्थामा होटलको कोठाबाटै उद्धार गरेको हो ।

दास बिगत नौ महिनादेखि तिलोत्तमाको रैनी खोलामा पुल बनाउने पेटी ठेगेदारको काम गर्दै आएका थिए ।बालिकाको आमासँग चिनजान भएपछि दासले राखेको बिबाह प्रस्ताब नमानेको भन्दै बालिका अपहरण गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

यस्ता छन् मैदाका बेफाईदा

विश्वकप क्रिकेटको सट्टेबाजी खेलाउने मुकेश पक्राउ