असार १५ गते सार्वजनिक विदा !

कर्णाली नदीमा जीप डुबेर बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षसहित ११ जनाको शोकमा खार्पुनाथ गाउँपालिकाले असार १५ गते सार्वजनिक विदा दिने भएको छ ।

कार्यपालिकाको बैठकपछि पालिका अध्यक्ष कर्ण रावल र प्रमुख कार्यकारी अधिकृत चन्द्रविर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा असार १५ गते सार्वजनिक विदा दिने निर्णय भएको हो । लु१ज ७१६६ नम्बरको जीप र बेपत्ता भएका यात्रुको कुनै पत्ता नलागेपछि गाउँपालिकाको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले शोक प्रस्ताव पारित गर्दै असार १५ गते पालिकाभित्र रहेका सरकारी, गैरसरकारी कार्यालय र विद्यालय बिदा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।कर्णाली नदीमा जीप डुबेर बेपत्ता भइ शब पनि नभेर्टिपछि कुशको शबनाएर अन्तयष्टि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

चर्चित मोडल सम्झना बुढाथोकी रिसानी माफमा, हेर्नुहोस् यो रमाइलो कार्यक्रम

सामाजिक सञ्जाल टिक टकमा छाएकी १० बर्षिय बालिका युना रजत पटमा प्रवेश