काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’ सिजन टूको घोषणा भइसकेको छ । पहिलो सिजनमा दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा कोचको रुपमा रहेका थिए । तर, दोस्रो सिजनमा भने कोच परिवर्तन गरिएको छ । भएसँगै कोच परिवर्तनको विषयले भने चर्चा पाएको छ । सिजन टूमा गायक प्रमोद खरेल र दीप श्रेष्ठ भने यथावत राख्दै सनुप पौडेल र अभया सुब्बाको ठाउँमा गायक राजु लामा र गायिका आस्था राउतलाई राखिएपछि चर्चा पाएको हो ।
सिजन टूबाट आफूलाई हटाएकोप्रति अभयाले आक्रोश पोखेकी छन् । उनले मूर्ख खालका तर्क र कारणहरु पेश गरेर आफूलाई कोचबाट हटाइएको भन्दै दुःख व्यक्त गरेकी छन् ।भ्वाईस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले ग्रान्ड फिनालेमा सहभागी नहुँदा हेडक्वार्टरले नै असन्तुष्टि जनाएपछि अभयाको विकल्प खोजिएको प्रतिक्रिया दिएका थिए ।
अभयाले आफ्नो ब्यान्डको युट्युब अकाउन्टमार्फत भिडियो पोष्ट गर्दै फिनालेमा उपस्थित नहुने कुरा आफूले तीन महिना अघि नै व्यवस्थापनलाई जानकारी गराएको र व्यवस्थापनको अनुमति लिएर मात्रै आफू अनुपस्थित रहेको बताएकी छन् ।
Comments
0 comments