यी खानेकुरामा पाइन्छ प्रशस्त क्याल्सियम र भिटामिन डी

काठमाडौं । शरीरलाई स्वस्थ राख्न खानपानमा ध्यान दिनु आवश्यक छ । खाना खाँदा शरीरलाई चाहिने आवश्यक तत्व पूर्ति हुने गरी खाने गर्नुपर्छ । शरीरलाई विभिन्न तत्वसँगै क्याल्सियम र भिटामिन डी पनि आवश्यक पर्छ । यसको कमी भएमा अनेकौं स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ । क्याल्सियमको प्रमुख स्रोत भोजन हो। दूध तथा दूधजन्य पदार्थ, सागसब्जी र गेडागुडीबाट क्याल्सियम पाइन्छ । सागहरुमा पालुंगोको साग, भिन्डी वा रामतोरिया, भटमास, सेता गेडागुडीमा क्याल्सियम पाइन्छ । यसका अलवमा माछा खाँदा पनि क्याल्सियम पाइन्छ ।

यसैगरी, भिटामिन डी पाउनका लागि पनि माछा खाँदा अति उत्तम हुन्छ । भिटामिन डीयुक्त खानेकुरामा दूध र दूधजन्य पदार्थ, अण्डाको पहेंलो भाग पनि हो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

‘जमाई राजा’मा भिलेनको भुमिका निभाएकी अंचित कौर वास्तविक जीवनमा पनि अत्याधिक गर्छिन् धुम्रपान

लगातार घटेको सुनको मूल्य आज ह्वात्तै घट्यो