प्रधानमन्त्री रोजगार कार्यक्रम : शुक्लाफाँटामा पदमार्ग निर्माण, २०३ जनाले पाए रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको पर्यटकीय , उहाँले भन्नुभयो, “प्रतिदिन रु ५१७ का दरले ज्याला दिइनेछ ।” जसका लागि वडा कार्यालयमा रु तीन लाख ७२ हजार २४० रकम पठाइएको छ । पदमार्ग दुई हजार ६०० मिटर लम्बाइ र डेढ मिटर चौडाइको निर्माण हुनेछ ।

पदमार्ग धारापानी शुक्लाताल, बेलगडा हुँदै बतासे झरनासम्म पु¥याउने वडा कार्यालयको योजना छ । रोजागरी पाउनेमा दलित, जनजाति, एकल महिला र विपन्न परिवारका व्यक्तिहरु संलग्न छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकामा चालू आवमा ३० दिनका लागि २०३ जनाले रोजगारी पाएका छन् ।

रोजगारीमा संलग्नलाई पदमार्ग निर्माण, सडक मर्मतसम्भार, सरसफाइ प्रवद्र्धन र सामुदायिक विद्यालयका भवन मर्मतमा खटाइएको नगरपालिकाका रोजगार संयोजक कृष्णप्रसाद भट्टले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकामा पाँच हजार ४२४ ले रोजगारीका लागि निवेदन दिएका छन् । कार्यक्रम सञ्चालनका लागि नगरपालिकामा रु ४५ लाख बजेट विनियोजन गरिएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

‘ब्लड बैंक’ मा रगत सङ्कलन गर्न आवश्यक फ्रिज अभाव

किसानको आयस्तरमा वृद्धि गर्न कृषकलाई नयाँ प्रविधिका मेसिनरी सामग्री वितरण