ब्लड प्रेसर नाप्दा यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं। पछिल्लो समय अधिकांश मानिस ब्लड प्रेसर सम्बन्धि रोगबाट ग्रसित छन् । कसैलाई उच्च रक्तचाप त कसैले कम रक्तचापका कारण मानिसहरु पीडित छन् । उनीहरुले दैनिकजसो प्रेसर नाप्ने गर्छन् । तर, ब्लड प्रेसर नाप्दा भने केही कुरामा ध्यान दिनु आवश्यक छ । प्रेसर नाप्नु अघि व्यायाम, सहवास गर्नु हुँदैन भने साइकल चलाएर नाप्दा पनि सही मापन निस्किँदैन । शरीरलाई सिधा पारेर बस्नु पर्छ । ढाड सिधा बनाएर कुर्चिमा बस्ने र दुबै खुट्टा सिधा तल भूइँमा टेक्ने तथा पाखुरा टेबुलमाथि राख्नुपर्छ।

पिसाब भरिएको अवस्थामा प्रेसर नाप्दा माथिल्लो १५ अंक र तल्लो १० अंकले बढ्ने सम्भावना छ। यस कारण पिसाब फेरेर नाप्दा राम्रो हुन्छ । डिकन्जेस्टेन्ट, एम्फेटामाईन्स र स्टेरोइड प्रिडनिसोनले रक्तचाप बढाउँछ। तसर्थ परीक्षण गर्नु अगाडि आफूले खाएको औषधीको विवरण चिकित्सकलाई जानाकारी गराउनुपर्छ। प्रेसर नाप्दा बोल्नु पनि हुँदैन ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

कृषकको पैसा कर्मचारीको खल्तीमा

प्रकाश सपुतलाई कामी दमाई भनेर जातिय नारा लागाउंने सुबासले खाए थप्पड ? हेर्नुस पूरा भिडियो