अन्तत पत्रकारले घेरेपछि यि मेयरले गरे सरकारले दिएको ३० लाख नलिने घोषणा

झापा : बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले आफ्नो नाममा सरकारले निकासा गरेको ३० लाख आर्थिक सहयोग नलिने घोषणा गरेका छन् ।निरन्तर समाचार आएसँगै चौतर्फी दबाबमा परेपछि मंगलबार साँझ आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर उनले सरकारबाट प्राप्त आर्थिक सहयोग नलिने बताएका हुन् ।

स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति पुगेको भन्दै सिवाकोटीले क्षतिपूर्ति मागेपछि सरकारले मन्त्रिपरिषद्को निर्णयबाट ३० लाख निकासा गरेको थियो । यो समाचार नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ। समाचार लक्ष्मी काफ्लेले लेखेका हुन्।

तर, बिमाबाट पहिल्यै क्षतिपूर्ति रकम लिएर सरकारसँग पनि लिएको समाचार प्रकाशित भएपछि उनी ३० लाख नलिने निर्णयमा पुगेका हुन् ।मन्त्रिपरिषद्बाट वैशाखमै निर्णय भएको रहेछ, त्यसयता म २–३ पटक काठमाडौं गइसकेँ, तर कसैले पनि मलाई निर्णय भएकोबारे सुनाएनन्, पछि मन्त्री गोकर्ण विष्टले सुनाएपछि मैले थाहा पाएको हुँ,’ पत्रकार सम्मेलनमा मेयर सिवाकोटीले भने, ‘निर्णय भएकै तीन महिना भयो, तर म पैसा लिन गएको छैन र जान्नँ पनि । मलाई नसोधी सीधै मेरो खातामा पैसा आउँदैन, खाता नम्बर सोध्दै कसैले फोन गर्‍यो भने चाहिँदैन भन्छु ।’

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

विश्वमा दुर्लभ जनावर सालक संरक्षण अभियान शुरु

Load shedding panics people