काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा नेदरल्याण्डस र इटाली क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । नेदरल्याण्ड्सले जापानलाई र इटालीले चीनलाई हराउँदै क्वार्टरफाइनलको यात्रा सुरक्षित गरेका हुन् । प्रिक्वार्टरफाइनलमा लिकी मार्टिन्सको दुई गोलको सहयोगमा नेदरल्याण्ड्सले जापानलाई २–१ ले हराएको हो । जापानका लागि खेलको ४३औं मिनेटमा युयी हासेगावाले एक गोल गरेकी थिइन् । जसले हार टार्न सकेन । जीतसँगै नेदरल्याण्ड्स अन्तिम आठमा पुग्न सफल भयो ।
यसैबीच, इटालीले चीनलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको छ । अब क्वार्टरफाइनलमा नेदरल्याण्ड्सले इटालीको सामना गर्नेछ । इटालीसँग पराजित भएपछि चीन फिफा महिला विश्वकपको प्रि क्वाटरफाइनल चरणबाट बाहिरिएको छ ।
Comments
0 comments