एक करोड बिरुवा रोपिँदै

करिब ९ वर्षअघि वनमन्त्री थिए, राप्रपाका दीपक बोहरा । त्यति बेलाका प्रधानमन्त्री माधवकुमार नेपालसँग निकै निकट देखिने बोहराले बेलाबेला नौला कार्यक्रम आयोजना गर्थे।कालापत्थरमा मन्त्रिपरिषद् बैठक आयोजना गर्नेदेखि चितवन निकुञ्जभित्र मिचाहा झार उखेल्नेसम्मका कार्यक्रम उनकै पालामा भए।

२०६६ सालको मनसुन अवधिमा बोहराकै पहलमा एकै दिनमा १ लाख बिरुवा रोप्ने कार्यक्रम पनि आयोजना भयो।राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पार्टीका प्रमुख, मन्त्रीदेखि उच्च ओहदाका व्यक्तिलाई प्रमुख अतिथि बनाएर काठमाडौंका १२ स्थानमा एकै दिन एक लाख बिरुवा रोपियो पनि।

तत्कालीन राष्ट्रपति रामवरण यादवले गागलफेदीको ढकालडाँडामा रुद्राक्ष रोपेर बिरुवा रोप्ने कार्यक्रम सुरु गरे। त्यति बेला डाँछी, गागलफेदी, कपन, गोकर्ण, बूढानीलकण्ठ, नयाँ पाटी, चुनिखेल, टोखालगायत स्थानमा एक लाख बिरुवा रोपियो। कर्मचारी, स्थानीय बासिन्दा र विद्यार्थी बिरुवा रोप्न ओइरिएका थिए।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले लगानी गरेको थियो। वन मन्त्रालयले आफ्नै नर्सरीबाट बिरुवा जुटाएको थियो। वाग्मती सुधारसम्बन्धी कार्ययोजना बनाउन एसियाली विकास बैंक (एडीबी) ले दिएको रकम वृक्षरोपणमा खर्च गरिएको कोषका तत्कालीन सदस्यसचिव जुद्धबहादुर गुरुङले जानकारी दिए।

‘ठ्याक्कै रकम त थाहा भएन, विभिन्न शीर्षकमा २५÷३० लाख जति खर्च भएको हुनुपर्छ,’ उनले भने। यो खबर आजको कान्तिपुरमा अब्दुल्लाह मियाँले लेखेका हुन्।

आगामी शनिबार (असार १४ मा) करोड बिरुवा रोप्ने अभियानको तयारीमा वन तथा वातावरण मन्त्रालय व्यस्त छ। तर यसअघि रोपिएका बिरुवाबारे ऊ बेखबर छ।

‘खोइ, पहिला केकति रोपियो, त्यो त खोज्नुपर्छ,’ मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगानाले कान्तिपुरसित भने, ‘त्यो पुरानो विषय पनि भयो, अब फेरि बिरुवा रोप्ने अभियान थाल्दै छौं।’

डिभिजन वन कार्यालय, काठमाडौंका प्रमुख रामबाबुपौड्याल पनि विगतमा रोपिएका सबै बिरुवा जोगाउन नसकिएको बताउँछन्।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Motorcycles Crash

A demonstration against the entry of oil companies