लगातार उकालो लाग्दै आएको सुनको मूल्य अब तोलाको ७० हजारसम्म पुग्ने सम्भावना

गत सातादेखि लगातार उकालो लाग्दै आएको सुनको मूल्य बढ्ने क्रम जारी छ।सोमबार प्रतितोला ६५ हजार रुपैयाँ रहेको सुनको मूल्य मंगलबार तोलामा ५ सय बढेर ६५ हजार रुपैयाँ ५ सय पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको असर स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।अमेरिका र इरानबीचको युद्धका कारण लगानीकर्ता सुनमा आकर्षित भएपछि मूल्यमा प्रभाव परेको हो।

सुनको मूल्य बढेर प्रतिऔंश १५०० डलरसम्म पुग्ने विज्ञहरूले अनुमान गरेका छन्। लक्ष्मी सापकोटाले लेखेको यो खबर आजको कारोबार दैनिकमा छापिएको छ।यो अनुमान सही साबित भए स्थानीय बजारमा सुनको मूल्य तोलामै ७० हजार पुग्ने विज्ञहरूको अनुमान छ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सर्वोच्चले भन्यो-अन्तरघाती सैनिक कारबाहीयोग्य, पुनर्वहाली, उपचार खर्च, पेन्सन केही नदिनू !

The Yellowstone Club near Big Sky, Mont