काठमाडौं । आज बुधवार कुवेती दिनार बाहेक सबै देशको मुल्य ओरालो लागेको छ । आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ २५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६६ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ र बिक्रिदर १४१ रुपैयाँ ७७ पैसा रहेको छ।मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६९ पैसा, बिक्रिदर २६ रुपैयाँ ८४ पैसा रहेको छ।
त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६४ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ३६६ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २९ पैसा रहेको छ। बहराईन दिनार २९३ रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर ९५ रुपैयाँ १० पैसा रहेको छ ।
Comments
0 comments