चलचित्र “बीर विक्रम २” को सिंगापुरमा भब्य प्रिमिएर शो सम्पन्न भएको छ । २ दिन गरिएको ग्रयाण्ड प्रिमिएर शोमा अत्याधिक दर्शकको भिड लागेको थियो । नेपालबाट चलचित्रका नायक पल शाह सिंगापुर पुगेका थिए । निर्माण पक्षले सोचे भन्दा बढी दर्शकहरु प्रिमिएरमा आएको भन्दै खुशी ब्यक्त गरेको छ । हुन त उसै पनि मिलन चाम्सको चलचित्र भनेपछि विदेशमा राम्रो ठाउँ बनाईसकेको छ ।
यस हिसाबले पनि “बीर विक्रम २” ले सिंगापुरमा सोच जस्तै सफलता हासिल गर्यो । चलचित्र हेरेर निस्केका दर्शकहरुले पल शाह संग फोटो खिचाउन तछाडमछाड गरे भने सबैले चलचित्र निकै नै राम्रो रहेको प्रतिक्रिया समेत दिए । अब लगतै विदेशमा विभिन्न देशमा यस चलचित्रको प्रिमिएर हुदैछ । नेपालमा पनि राम्रै सफलता हासिल गरेको यस चलचित्रले बिदेशमा धेरै दर्शकहरुको मन जित्ने निर्देशक तथा निर्माता मिलन चाम्सले बिश्वास ब्यक्त गरेका छन् ।
चलचित्रमा पल शाह. नाजिर हुसेन, वर्षा शिवाकोटी, देशभक्त खनाल लगायतको कलाकारहरुको अभिनय रहेको छ ।
Comments
0 comments