अचानक बिरामी भएपछि भारतमा रहेका वेष्ट इण्डिजका पूर्व कप्तान ब्रायन लारा अस्पताल भर्ना

वेष्ट इण्डिज क्रिकेट टिमका पूर्व कप्तान ब्रायन लारालाई अस्पताल भर्ना गरिएको छ । समाचारमा जनाइए अनुसार अचानक छाती दुखेपछि लारालाई मुम्बईको एउटा अस्पतालमा भर्ना गरिएको हो ।

सन् १९९० देखि २००७ सम्म वेष्ट इण्डिज टिममा रहेका लाराले १३१ ओटा टेस्ट म्याच र २९९ एकदिवसीय खेल खेलेका छन् ।

५० वर्षीय लारा विश्वकप क्रिकेटको कमेन्ट्रीका लागि भारतमा रहेका थिए ।१३१ टेस्ट म्याच खेलेका लाराले ३४ शतक र ४८ अर्धशतकसहित ११९५३ रन बनाएका छन् । त्यस्तै २९९ एकदिवसीय खेलमा उनले १९ शतक र ६३ अर्धशतकसहित १०४०५ रन बनाएका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

के तपाईलाई पाइल्स छ ? केहि दिनमानै ठिक हुन यसो गर्नुहोस्‘

अपांग भएका विनोद खड्का भन्छन ‘तपाईले जस्तै दाहिने हातले चिया पिउन्न पाउ’