प्रतिनिधिसभाद्वारा विनियोजन विधेयक पारित, अन्य आश्रित विधेयकहरु स्वीकृत

काठमाडौं, १० असार । प्रतिनिधि सभाको मंगलबारको बैठकले विनियोजन विधेयक, २०७६ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा।युवराज खतिवडाले ‘विनियोजन विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयकलाई पारित गर्नु पूर्व बैठकले २१ वटा खर्च कटौतीका प्रस्तावहरुलाई बहुमतले अस्वीकृत समेत गरेको थियो ।त्यस्तै प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक, २०७६९बजेट०का अन्य आश्रित विधेयकहरुलाई समेत बहुमतले स्वीकृत गरेको छ । बैठकले ‘आर्थिक विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक,२०७६’, ‘ऋण तथा जमानत९तेइसौं संशोधन० विधेयक,२०७६’लाई पनि बहुमतले स्वीकृत गरेको छ ।

बैठकमा यी आश्रित विधेयकहरु माथि विचार गरियोस् भनी अर्थमन्त्री डा।युवराज खतिवडाले प्रस्ताव प्रस्तुत गरेका थिए भने उक्त विधेयकहरु माथिको सैद्धान्तिक छलफल पछि स्वीकृत गरिएको हो ।विनियोजन विधेयक, २०७६ लाई प्रतिनिधि सभाले आज पारित गरे तापनि यससँग आश्रित रहेका माथिका अन्य तीन विधेयकहरुलाई समेत पारित गरे पछि मात्र आ.ब.२०७६÷७७ को पूर्ण वार्षिक बजेट पारित हुनेछ ।

बजेटलाई राष्ट्रिय सभाबाट पनि पारित गरि राष्ट्रपति समक्ष पेश गरिनेछ । नयाँ बजेट आउँदो श्रावण १ गतेबाट लागू हुने छ ।यसैबीच, प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ को मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनेक्रम आज पनि चलेको थियो ।बैठकमा जवाफ दिन बाँकी रहेका स्वास्थ्य तथा जन मन्त्रालय, रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटनतथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय सम्बन्धमा विभागीय मन्त्रीहरुले जवाफ दिएका थिए ।

आज उपप्रधान एवं स्वास्थ्य तथा जनसख्यामन्त्री उपेन्द्र यादव, रक्षा मन्त्री ईश्वर पोखरेल तथा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा।युवराज खतिवडाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटनतथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिएका थिए । प्रतिनिधि सभाको अर्को बैठक असार १३ गते दिउँसो ४ बजेका लागि डाकिएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

विवादित तथा चर्तित गुठि विधेयक राष्ट्रिय सभाबाट फिर्ता

विपक्षी दलका साथीहरुबाट गुण्डागर्दी शैलीमा हाकिमहरुलाई धम्क्याउने थर्काउने काम भएको छ, बन्द गरियोस : मन्त्री मगर