थुनुवा बोकेको प्रहरीको गाडी दुर्घटना हुँदा ६ सुरक्षाकर्मीसहित ११ जना घाइते

रौतहट । रौतहटमा सवारी दुर्घटना हुँदा ६ प्रहरीसहित ११ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट थुनुवा लिएर जिल्ला अदालत गौर जाँदै गरेको सवारी दुर्घटना हुँदा प्रहरी र थुनुवा गरि ११ जना घाइते भएका हुन् । घाइतेमध्ये २ जना प्रहरी जवान र २ जना थुनुवा गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुने प्रहरी जवानहरूमा अजय यादव र सञ्जय कार्कीको चन्द्रनिगाहरपुरस्थित चन्द्रपुर अस्पलतामा उपचार भइरहेको छ ।

गम्भीर घाइते भएका २ जना थुनुवाहरूको भने रमेश कुमार चौधरी र निर्मल शाहलाई थप उपचारका लागि वीरगञ्ज लगिएको छ । चन्द्रनिगाहपुरबाट थुनुवा लिएर गौर जाँदै गरेको ना १ झ ५३८९ नम्बरको प्रहरीको गाडी बालचनपुरमा दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Hetauda sub metropolis unveils budget of 1.81 billion

यस्ताे संकेत देखिए हुन सक्छ मृगौला क्यान्सर