नेयमार फेरि बार्सिलोना फर्किने ! यस्तो शर्त स्वीकार्न भए तयार

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)का नेयमार आफ्नो पुरानो घर फर्कन चाहेका छन् । यसका लागि उनी आफ्नो पारिश्रमिक घटाउन पनि तयार भएका छन् । स्पेनिस पत्रिका स्पोर्टसका अनुसार व्यक्तिगत रुपमा बार्सिलोना आउनका लागि उनले आफूले अहिले पाउँदै आएको भन्दा झण्डै आधा पारिश्रमिक लिन पनि तयार रहेका हुन् । नेयमारले हप्ताको पाँच लाख ५० हजार पाउण्ड जति पारिश्रमिक माग गरेको समाचारमा उल्लेख गरिएको छ ।

यस्तै सन् २०१७ मा आफूले नपाएको बोनसका लागि क्लब विरुद्ध गरेको उजुरी पनि फिर्ता लिन नेयमार तयार भएको बताइन्छ । नेयमार बार्सिलोना फर्कन चाहेका र उनलाई पिएसजीले पनि नरोक्ने संकेत देखिएको छ । नेयमार व्यक्तिगत स्तरमा तयार भए पनि दुई क्लबबिच सम्झौता हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सलमान खानको सुपरहिट सिरिज ‘टाइगर ’ सिरिजमा कट्रिनाको रोल ‘जोया’माथि स्पिन अफ बन्ने

Promotion of technical education necessary for prosperity: Minister Pokharel