सर्लाहीमा मारिएका विप्लवका कार्यकर्ता कुमार पौडेलको हत्या हो कि ‘इन्काउण्टर’ हो ?

सांसद मीनबहादुर विश्वकर्माले ढुवानीमा मूल्यअभिवृद्धि कर लगाउँदा समस्या भएकाले उक्त कर खारेज गर्न माग गर्नुभयो । सांसद मीना सुब्बाले केही सातायता काठमाडौँमा सिरिञ्ज आक्रमणका घटना बढेकाले यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मैनाकुमारी भण्डारीले स्वास्थ्य बीमा गरेका ठूला रोग लागेका बिरामी काठमाडौँ आउनैपर्ने बाध्यता भएकामा तिनलाई वीर अस्पताल र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको व्यवस्था गराउन माग गर्नुभयो । सांसद यज्ञबहादुर बोगटीले अछाममा विप्लव समूहका कार्यकर्ताले एक निजी घरमा आगजनी गरेको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै पर्याप्त सुरक्षाको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद यज्ञराज सुनुवारले शिक्षा क्षेत्रलाई सरकारले प्राथमिकतामा राखे पनि सङ्घीय ऐेन समयमै नआएसम्म सरकाको उद्देश्य पूरा नहुने धारणा व्यक्त गर्नुभयो । सांसद रङ्गमती शाहीले सशस्त्र द्वन्द्वका पीडित महिलालाई समाजमा सम्मानजनक बाँच्न पाउने र उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सांसद राजबहादुर बुढाथोकीले दैलेखमा असिनाले बालीनालीमा भएको क्षतिपूर्तिका लागि सरकारकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामकुमारी झाँक्रीले राज्यका तर्फबाट विभिन्न घटनामा दिइने क्षतिपूर्तिका सम्बन्धमा आवश्यक मापदण्डको अभावमा पहुँच हुनेले दोहोरो सुविधा लिने गरेका छन् भन्नुभयो ।

सांसद रामेश्वरराय यादव र रामबहादुर विष्टले सर्लाहीमा मारिएका विप्लवका कार्यकर्ता कुमार पौडेलको हत्या हो कि ‘इन्काउण्टर’ हो भन्ने प्रश्न गर्दै यस विषयमा छानबिन गर्न माग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

८ जना हुण्डी कारोबारी पक्राउ, ४१ लाख नगद बराबर

आलुको मूल्य बढाउने उद्देश्य सहित बनेपामा आलु चिप्सको उद्योग सञ्चालन