बिजुलीको होल्डर सार्ने क्रममा करेन्ट लागेर युवतीको मृत्यु

तनहुँको म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माधव घिमिरेको घरमा डेरा गरी बस्ने तिलमाला आलेको घरमा पाहुना आएकी थापालाई बिजुलीको होल्डर सार्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते उनको रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पूर्व मोरंगको उर्लाबारीमा बम पड्कियो , बाटोमा देखिएको शंकासपद वस्तु भित्र यस्तो थियो (भिडियो सहित)

संसद्मा ‘गलबन्दी च्यातियो …’ गीतको चर्चा, जातीय द्वन्द्व फैलाउने काम भयो भन्दै कारवाहीको माग !