चलचित्र नाई नभन्नु ल २ का निर्माताले गरे श्वेताले निर्माण गरेको माझी बस्तिलाई आर्थिक सहयोग

काठमाडौँ । नेपाली सुपरहिट चलचित्र नाई न भन्नु ल २ का निर्माता , सफल ब्यवसायी तथा समाजसेवी दिनेश पोख्रेलले नायिका श्वेता खड्काले सिन्धुपाल्चोकमा निर्माण गरेको माझी बस्तिका लागी आर्थिक सहयोग गरेका छन् । पोख्रेलले श्वेता फाउण्डेसनलाई प्रोत्साहन स्वरुप रु १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेको नायिका खड्काले ओएस नेपाललाई जानकारी दिइन् ।

बस्तिका लागी पोखरेलले दिएको उक्त रकम लिएसागै श्वेताले भनेकी छिन् मलाई शब्द शब्दमा हौसला, उत्प्रेरणा र उर्जा प्रदान गरी माझी बस्ती बिकासको कार्यमा अझ दत्तचित्त भएर लाग्नको लागी अभिप्रेरित गरिदिनु भएको म उहाँप्रती हार्दिक आभार प्रकट गर्दै एन आर एन अस्ट्रेलियाको अध्यक्ष पदमा उहाँको बिजयको लागी अग्रीम शुभकामना ब्यक्त गरेकी छिन् । पोख्रेल आगामी जुलाई ६ मा हुन गईरहेको एन आर एन (अस्ट्रेलिया) मा अध्यक्ष पदका लागी प्रतिस्र्पा गर्दैछन् ।

भूकम्पले भत्काएको माझी बस्ती पुनर्निर्माणका लागि श्वेतालाई देश विदेशबाट सहयोग आइरहेको जानकारी उनले पटक पटक गराउँदै आएकी छिन् । चौतारा साँगाचोकगढी नगरपालिकास्थित झ्याडीगाउँमा निर्माणाधिन एकीकृत माझी बस्ती आर्थिक समस्यामा परेको फाउण्डेसनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

आलियाले बनाइदिइन् रणवीरसँगको सम्बन्धलाई अफिसियल

रायोको साग खाँदा के के हुन्छ फाइदा ?