एजेन्सी- बाहुबली अभिनेत्री तमन्ना भाटिया साउथ फिल्मकी सुपरस्टार हुन् । साउथमा मात्र नभएर उनले बलिउडमा पनि आँखा लगाइरहेकी छिन् । अहिले फेरि उनी चर्चामा आएकी छिन् । मुम्बईको बर्सोवामा दुई गुणा बढी मूल्य तिरेर ‘सी भ्यु अपार्टमेन्ट’ खरिद गरेपछि उनी समाचारको हेडलाइन बनेकी हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार तमन्नाले सो घरका लागि १६ करोड भारतीय रुपैयाँ खर्च गरेकी छिन् । त्यसको पुनर्निर्माणमा थप चार दशमलव ५६ करोड भारु खर्च गरेकी छिन् । उनको अपार्टमेन्टको चारै दिशाबाट समुद्रको दृश्य देख्न सकिन्छ । नयाँ पत्रिकामा खबर छ ।
तमन्ना अहिले कंगना रनौतको अवार्ड विजेता फिल्म क्विनको तमिल रिमेकको सुटिङमा व्यस्त छिन् । यो फिल्मको तमिल नाम महालक्ष्मी राखिएको छ । फिल्मलाई प्रशान्त शर्माले निर्देशन गर्दै छन् ।
Comments
0 comments