२२ वर्षीय समीर लुङवा ललितपुरको वाग्मती गाउँपालिका–२ माल्टास्थित कालीदेवी माविमा कक्षा ५ मा पढ्थे।
शनिबार राति बुबाआमा घरमा नभएको मौका छोपेर उनले आफैँलाई सिध्याए।
अभिभावकहरु राती साढे ९ बजेतिर घर फर्किंदा समीर दलिनमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परे।प्रहरीले उनको सुसाइड नोट फेला पा¥यो। जसमा लेखिएको थियो, ‘म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैन।’ यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।
महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार छिउजुका अनुसार सुसाइड नोटमा केही कारण लेखिएको देखिन्छ।नोटमा बालकले घरमा दाइ–भाउजूले हेला गर्ने र स्कुलमा सर–मिसहरुले आफ्नो कुरा नबुझ्ने उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘कक्षामा केटाहरुलाई पिट्ने, केटीहरुलाई नपिट्ने र घरमा मलाई दाजु–भाउजूले हेला गर्ने।’उनले स्कूलका केही शिक्षकहरुको नाम तोकेर आफू बिरामी भएको कुरा पनि नपत्याएको उल्लेख गरेका छन्।
Comments
0 comments