नेपाली सेनाको हेलिकप्टरमा मकालुमा राहत सामग्री ढुवानी

सङ्खुवासभाको मकालु गाउँपालिकाको पेपुवाका बाढीपहिरोले विस्थापितका लागि आज तुम्लिङ्टार विमानस्थलबाट नेपाली सेनाको हेलिकप्टरमा राहत सामग्री ढुवानी गरिएको छ । आइतबार प्रतिकूल मौसमका कारण राहत सामग्री ल्याउन सकिको थिएन ।

मकालु गाउँपालिकाका उपाध्यक्ष चमेली राईका अनुसार गाउँपालिकाले ११७ बोरा चामल, १२ बोरा दाल, १०० किलो नुन र ७२ थान त्रिपाल खरीद गरेको थियो । पहिरोबाट मकालु–५, पेपुवाका चार गाउँका २९ परिवार विस्थापित भएका छन् । २२ घर उच्च जोखिममा रहेको राईले बताउनुभयो । विस्थापित २९ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गरिएको हो । ती परिवारका वृद्धवृद्धा र बालबालिकालाई हेलिकप्टरबाट गाउँपालिकाको केन्द्र ल्याइएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

बिगत सम्झदा जिरे भावुक भए, हरीवंश देखि शेर बहादुरसम्मको क्यारिकेचर ! आंचल शर्माले दाई भनेपछि….(हेर्नुस् भिडियो)

तस्विरमा हेर्नुहोस सुन्दरी नायिका वर्षा राउतका हट तस्विरहरु