पहाडी क्षेत्रमा सडकको दूरी कम गर्नका लागि सुरुङ मार्गको निर्माणका लागि अध्ययन थालिदै

1st Tunnel Hurricane Ridge Rd ONP H2 (J.Chao)

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पहाडी क्षेत्रमा सडकको दूरी कम गर्नका लागि सुरुङ मार्गको निर्माणका लागि आगामी आ।ब।देखि विशेष प्राथमिकताका साथ अध्ययन थालिने बताएका छन् ।

सरकारले आगामी आ।ब।मा ८० वटा मूल सडकहरुलाई राष्ट्रिय राजमार्ग घोषणा गरी प्राथमिकता साथ काम अगाडि बढाईने सदनलाई जानकारी दिंदै सीमित स्रोत साधन बीच तालमेल मिलाएर काम गरिने, गुणस्तरलाई विशेष ध्यान दिइने, अधुरा पुल निर्माणलाई प्राथमिकता दिइने, अधुरा योजना प्रदेशमा गएको भएपनि निर्माण गर्न नसक्ने भनी लिखित प्रतिवेदन प्राप्त भएमा केन्द्रीय सरकारले नै काम गर्ने पनि मन्त्री महासेठले प्रतिबद्धता व्यक्त गरेका छन् ।

मदन भण्डारी राजमार्ग९१२००किमी०मध्ये अहिले धरान–हेटौँडा क्षेत्रको काम भैरहेको जानकारी दिंदै मन्त्री महासेठले महेन्द्र राजमार्ग बिस्तार कार्य अगाडि बढाइएको, शहरी क्षेत्रमा ६ लेन र अन्य स्थानमा चार लेनमा सडक बिस्तार गर्ने आगामी बजेटले व्यवस्था गरेको पनि स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

बन्दै गरेको पुल आँखा अगाडि बगायो (लाइभ भिडियो)

गलबन्दी बिबाद र जातीय विभेदपछि पहिलोपटक मिडियामा आए प्रकाश सपुत,भन्छन-म भागेको कतै छैन