सीमाको रक्षार्थ खटिएको सुरक्षाकर्मीलाई सरकारले थप आधुनिकीकरण र हात हतियारबाट सुसज्जित गर्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चालू आ।ब।मा गृह प्रशासनले मुलुकको शान्ति सुरक्षाको दृष्टिकोणले बलियो आधार तयार गरेको बताउँदै आउँदो आ।ब।मा त्यस्को स्तर अझै माथि हुने दाबी गरेका छन् ।चालू आ।ब।मा गृह प्रशासनले भ्रष्टाचार सम्बन्धी शुन्य सहनशीलता, संघीयता कार्यान्वयन तथा विगत देखि थाँती रहेको अनुसन्धानमा समेत ठूलो सफलता हासिल गरेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालगत छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रममा गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।

गृहमन्त्री थापाले चालू आ।ब।मा गृह प्रशासनले तस्करी, संगठित अपराधको जालो तोड्न सफल भएको तथा मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सफल भएको भन्दै यो वर्ष गृहप्रशासन र सुरक्षा निकायलाई क्रियाशील बनाउन सरकार सफल भएको दाबी पनि गरे ।

चालू आ।ब।को सुरक्षा अवस्थाको समिक्षा गर्दै गृह प्रशासनले आउँदो आ।ब।मा समेत क्रियाशील भई थप कार्ययोजनाका साथ अगाडि बढ्ने बताउँदै गृहमन्त्री थापाले आउँदो आ।ब।मा गृह प्रशासनलाई थप सुदृढ र मजबूत पार्दै मुलुकमा शान्ति सुरक्षाको थालनी हुने स्पष्ट पारेका छन् ।

शान्ति सुरक्षा कायम गर्नका लागि गृह प्रशासनले केन्द्र, प्रदेश र स्थानीय तहसँग समन्वयात्मक भूमिका खेल्दै अगाडि बढ्ने जनाउँदै गृहमन्त्री थापाले शहरी सुरक्षा प्रणाली सुदृढीका लागि मुख्य–मुख्य शहरहरुमा आधुनिक सीसीटिभीहरु जडानका लागि आउँदो आ।ब।मा ६ करोड बजेट बिनियोजन भएको पनि बताए ।

उनले शान्ति सुरक्षालाई थप मजबूत पार्दै सुरक्षा निकायलाई आधुनिक उपकरणबाट सुसज्जित गर्ने उद्देश्यले आउँदो आ।ब।मा आधुनिक कम्प्युटर सफ्टवयरहरु तयार गरी लागू औषध नियन्त्रणमा समेत ठोष उपलब्धि हासिल हुने दाबी समेत गरेका छन् ।

विशेषगरी नेपाल र भारतबीच रहँदै आएको खुल्ला सीमा र सीमा व्यवस्थापनका विषयमा दुई देशबीच बेला–बेलामा दुई पक्षीय छलफलहरु हुँदै आईरहेको जानकारी दिंदै गृहमन्त्री थापाले चालू आ।ब।मा सशस्त्र प्रहरी बलका थप ३० स्थानमा बिओपीहरु थप गरी जम्मा बिओपी संख्या १०७ पु¥याइएकोमा आगामी आ।ब।मा समेत विभिन्न स्थानमा थप २५ वटा सशस्त्र प्रहरीका विओपीहरु थपिने पनि जवाफको क्रममा बताएका छन् । उनले सीमा क्षेत्रको सुक्ष्म अध्ययन र निगरानीका लागि सो क्षेत्रमा आउँदो आ।ब।मा १० जिल्लामा आधुनिक क्यमेरा समेत जडान गर्ने गृह मन्त्रालयको कार्ययोजना रहेको बताउँदै विपद जोखिम न्यूनीकरणका लागि पनि गृह प्रशासन सधैं तल्लीन रहेको स्पष्ट पारेका छन् ।

गृहमन्त्री थापाले सांसदहरुको थप प्रश्नको जवाफमा आउँदो आ।ब।मा दार्चुला जिल्लाका निश्चित ठाउँहरुमा सशस्त्र प्रहरीको विओपीहरु स्थापना गरिने जानकारी दिंदै सीमाको रक्षार्थ खटिएको सुरक्षाकर्मीलाई सरकारले थप आधुनिकीकरण र हात हतियारबाट सुसज्जित गर्ने मन्त्रालयसँग कार्ययोजना रहेको पनि सदनलाई जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

दुई पेस्तोलसहित चन्द समूहका दुई कार्यकर्ता पक्राउ

बन्दै गरेको पुल आँखा अगाडि बगायो (लाइभ भिडियो)