सविनको शब्दमा अञ्जुको स्वर, ‘गीत तिम्रो’को भिडियो रिलिज

काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा ‘गीत तिम्रो’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीत रिकेश गुरुंङले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा मोडल रिचा थापासहितका कलाकारको विशेष अभिनय रहेको छ ।

सञ्चारकर्मी सविन प्रियासनको शब्द रहेको प्रियासन एल्वमको उक्त गीत गोदाबरीमा छायांकन गरिएको हो ।प्रिन्सपन कार्कीको निर्देशनमा तयार भएको उक्त भिडियो उत्सब दाहालले खिचेका छन् ।

भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् । भिडियोको मेकिङ चलचित्रको शैलीमा छ । उत्कृष्ट लोकेशन र मेकिङले गर्दा दर्शकले भिडियोबाट पनि थप मनोरञ्जन लिन सक्नेमा रचनाकार प्रियासन आशावादी छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

2019 BET Awards – Press Room

भारतमा विष्फोटक पदार्थ विष्फोटन गराउनेदेखि हेभी उपकरण चलाउनेसम्मका काममा नेपाली मजदूर