काठमाडौँ- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कारवाहीमा मारिएका विप्लव नेकपाका नेता कुमार पौडेल अन्य अपराधमा पनि संलग्न रहेको दाबी गरेका छन् । सिंहदरवारमा सोमबार बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै
महानिरीक्षक खनालले यस्तो बताए ।
पौडेलमाथि विभिन्न आपराधिक गतिविधि विरुद्ध उजुरी परेको खनालले बताए । उनी पटक पटक पक्राउ परिसकेका व्यक्ति भएको उनले बताए ।राजनीति आवरणमा उनी आपराधिक क्रियाकलापमा लागेको खनालको दाबी रहेको छ ।स्थानीय व्यवसायीलाई चन्दा मागेर आतंकित पार्ने काम पौडेल गर्दे आएको बैठकमा खनालले सुनाए ।
Comments
0 comments