अभिभाबकहरु सचेत रहनु होला ! नानीहरुले सामाजीक संजालको दुरुपयोग गरीरहेका छैनन् ? ‘भिडियो हेर्नुस्’

काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । ती छात्रा उनको अनुरोध स्वीकार्न थालिन् । उनीहरूले एकापसमा फेसबुकबाट अश्लील कुराकानी तथा अन्तरंग दृश्य आदानप्रदान गर्न थाले ।

एक दिन ती छात्राका बुवाले छोरीको गतिविधि सबै थाहा पाए । त्यसपछि ती अभिभावक छाँगाबाट खसेजस्तै भए। त्यसको कारण थियो— १३ वर्षीया छोरीको ब्वाइफ्रेन्डसँगको अश्लील कुराकानी र तस्बिर सेयरिङ । उनले छोरीले चलाउने मोबाइल मात्रै खोसेनन्, विद्यालयसमेत परिवर्तन गरिदिए।

जानकारीकालागी भिडियो हेर्नु होला :

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

वार्षिकोत्सवमा वृद्धवृद्धालाई फलफूल वितरण गर्दै

सुत्केरी पछाडि अपनाउनुपर्ने सावधानीबारे ज्ञान नहुँदा अकालमा मृत्यु