सात तले भवन भत्कियो, भग्नावशेषमा कोहि पनि जीवित नरहेको उद्धारकार्यमा संलग्न सेनाको दाबी

गत शनिबार कम्बोडियाको सिहामनोक्भिल्लेमा निर्माणाधिन अवस्थामा रहेको एक भवन भत्किँएको भवन भग्नावशेषमा जीवित व्यक्ति फेला नपर्ने उद्धारकार्यमा संलग्न सेनाको दाबी रहेको छ ।निर्माणाधिन अवस्थामा रहेको सात तले यस भवनमा गत शनिबार भत्किँदा कम्तीमा २४ व्यक्तिको मृत्यु भएको थियो । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले दुर्घटना भएको क्षेत्रको भ्रमण गर्नु भएको छ ।सो भवन भग्नावशेषबाट सोमबार बिहानसम्म पनि शवहरु निकालिएको एएफपीका एक समाचारदाताले जानकारी दिएका छन् ।

यस भवन भग्नावशेषबाट अव जीवित व्यक्ति उद्धार गर्ने संभावना नरहेको उद्धारकार्यमा संलग्न एक सैनिकले एएफपी समाचार समितिलाई बताएका छन् ।खिम पोभ नाम गरेकी ४७ बर्षीय एक महिलाले सो भवन भग्नावशेषमा आफ्ना श्रीमान र भतिजा र वेपत्ता रहेका र आफ्नो छोरोलाई भने उद्धार गरिएको एएफपीलाई बताएकी छिन् ।

छोराको उपचार भईरहेको उनले जानकारी दिएकी छिन् ।भत्किँएको सो भवन भग्नावशेषबाट शवहरु निकाल्ने क्रम जारी रहेको र आफ्ना श्रीमानको जीवितै उद्धार हुने आशा नरहेको पनि ती महिलाले जानकारी दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न तीन अर्ब १० करोड रकम विनियोजन

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार शिक्षकको ज्यान गयो