काठमाडौँ – गृहमन्त्री राम बहादुर थापाले संसदको राज्य व्यवस्था समितिको बैठकमा दिएको जवाफ प्रति पूर्वगृहमन्त्री जनार्दन शर्मालेले शंका व्यक्त गरेका छन्।शर्माले पौडेलको हात ६-७ ठाउँमा भाँचिएको पाइएको हुँदा गृहमन्त्रीको जवाफ विश्वसनिय नभएको बताएका छन् ।
समितिको बैठकमा नेकपा सांसद जनार्दन शर्माले विप्लव नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको बारे गृहमन्त्रीले दिएको जवाफ र प्रहरी रिपोर्टमा विश्वास गर्न नसकिने बताएका हुन्।संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
Comments
0 comments