यस्तो बनेर आयो आयुष्मान र शिल्पाको फिल्म ‘सानो मन’ शिर्ष गीत (भिडियो)

काठमाडौँ- असारको २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सानो मन’को शिर्ष गीत सार्वजनिक गरिएको छ । शीर्ष गीतमा आयुष्मान देशराज जोशी र शिल्पा मास्केको अभिनय रहेको छ ।

रोहित जोन क्षेत्रीको स्वर रहेको गीतमा स्वप्निल शर्माको शब्द रहेको छ ।चलचित्रमा आयुष्मान र शिल्पाको साथमा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल लगायतका कलाकारको मुख्य भूमिका छ ।नौलो प्रेम बसेपछि यूवायूवतीमा आउने भावमा यो गीत तयार पारिएको छ ।

चलचित्रको छायांकन काठमाण्डौ, भैरहवा र बैंककमा गरिएको छ । योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के मित्तल र राजेन्द्र मानन्धरको लगानी छ ।चलचित्र ओपीजी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

नेपालमा ठूलो संख्यामा उज्वेकी युवतीकाे अवैध बसोबास भएको यसरी लाग्यो पत्ता

समुदायलाई विनियोजित गरेको बजेटमाथि कुनै विभेद नगरेर प्रदेशमा कार्यान्वयन गरिने