ऐजेन्सी फिल्म दिवानाबाट बलिउडमा डेव्यु गरेका शाहरूख खान १९८० को दशकमा धेरै टेलिभिजन धारावाहिकमा काम गरेर आफ्नो क्यारियर शुरू गरेका हुन् । नायक शाहरूख खान एतिबेला आफ्नो फिल्म जिरो फल्प भएपछाडि निकै चिन्तामा रहेका छन् । उनले आफु बेरोजगार भएको महसुस गरेका छन् ।
उनले एक अन्तरर्वामा आफु संग कुनै फिल्म हातमा नभएको र आफु वेरोजगार भएको बताएका छन् । फिल्म जिरो थियो त्यो पनि बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । शाहरूखले पछिल्लो पटक कट्रिना कैफसँग सत्ते पे सत्ताको रिमेकमा अभिनय गर्ने खबर आएको थियो । तर उनले उक्त फिल्ममा काम नगर्ने बताएका थिए ।
Comments
0 comments