गृहमन्त्रीको जवाफ माग गरेपछि बाददले भने गृहमन्त्री थापाले भने प्रहरीले आत्मरक्षाका लागि गोली चलायो

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले कुमार पौडेलले प्रहरीलाई हमला गरेकोले आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको जनाएका छन्। असार ५ गते प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ता कुमार पौडेलको निधन भएको घटना पञ्चायत कालको झल्को दिने भएको भन्दै राज्य व्यवस्था समितिका सदस्यहरुले गृहमन्त्रीको जवाफ माग गरेपछि यस्तो बताएका हुन् ।

संसदीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाको जानकारी दिन उपस्थित भएका गृहमन्त्री थापाले प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको बताएका हुन्। सर्लाहीको लालबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रतिनिधीले जबरजस्ती चन्दा माग्ने र जनमानसमा त्रास फैलाउन विप्लव समूह सक्रिय रहेको भन्ने जनगुनासोको आधारमा प्रहरीले गस्ती निगरानी बढाएको भन्दै असार ५ गते दिउँसो २ बजे प्रहरी गस्तीको रहेको बेला लालबन्दीमा अन टेष्ट लेखिएको दुईवटा मोटरसाइकलमा आएका चार जनाले प्रहरी टोली देख्नासाथ गोली चलाएको र प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको बादलले बताए ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

साश्वतधाममा पर्यटन व्यवसायी टोली

Hundreds of Nepali households inundated due to Indian road