अपहरणकारीको पञ्जाबाट फिल्मी शैलिमा यसरी फुत्किइन् आठ वर्षीया बालिका

घरनजिकै खेलिरहेकी बिर्तामोड–१ की आठ वर्षीया बालिका शनिबार साँझ एकाएक हराइन् ।उनका अभिभावकले तत्काल प्रहरीमा जानकारी गराए । एक घन्टापछि बालिका दौडिँदै घर फर्किइन् । आफू अपहरणमा परेको अपरिचित पुरुषबाट बलात्कार प्रयास भएको उनले बताएकी छिन् ।

यसरी हराइन् बालिका
केही दिनदेखि बालिकाको घरनजिकै एक व्यक्ति देखा परिरहन्थे । ३०–३५ वर्षका ती व्यक्तिले बालिकालाई फिरफिरे किनिदिने भन्दै खेलिरहेको ठाउँबाट फकाएर लगे ।

राजमार्ग उत्तरतर्फबाट उनले बालिकालाई अदुवा खोलाको पुलनेर निकाले । राजमार्ग निस्किएपछि सिटी रिक्सा चढाएर बालिकालाई पूर्वतर्फ लगे । मुक्तिचोकबाट सिटी रिक्सा पुनः पश्चिमतर्फ नै मोडियो ।

झन्डै एक किलोमिटर पश्चिम पुर्याएपछि उनले बालिकालाई ओरालेर झाडीतर्फ लगे । र, बलात्कार प्रयास गरे । उनको पन्जाबाट फुत्किएर बालिका भाग्न सफल भइन् । उनी कुद्दै–कुद्दै घर पुगिन् । अभिभावकलाई घटनाबारे बेलीबिस्तार लगाइन् ।

सिसिक्यामेराबाट अनुसन्धान
राजमार्गमा जडित सिसिक्यामेरामा कैद भएको फुटेजका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । ‘बालिकाले दिएको हुलिया र हामीले सिसिक्यामेरामा फेला पारेको हुलिया मिल्यो,’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापाले भने, ‘बालिका निकै स्वस्थ र स्मार्ट रहिछिन्, भागेर आफैँ घर पुगिन् ।’

अभिभावकको स्वीकृतिविना बालिकालाई फकाएर लैजानुलाई अपहरण मानिने प्रहरीको भनाइ छ । आफूहरू अभियुक्तको नजिक पुगिसकेकाले उनी चाँडै पक्राउ पर्ने डिएसपी थापाले बताए । बालिकाले प्रहरीलाई भनेकी छिन्, ‘उसले कपडा खोल्न पाएन, म भागिहालेँ ।’

प्रहरीले बालिकाको स्वास्थ्य परीक्षणका लागि आइतबार मेची अञ्चल अस्पताल भद्रपुर पठाएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा लक्ष्मी काफ्लेले लेखेका छन्।

अपहरणकारी पक्राउ परेपछि अपहरण र जबर्जस्तीकरणी उद्योग गरी दुईवटा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पर्यटकको बढ्दो आवागमनलाई मध्यनजर गदै बन्दीपुरमा बसपार्क निर्माण

बालिकाको मृत्युपछि बन्द रहेको महोत्तरीको जिल्ला अस्पताल आज बिहानैदेखि सञ्चालनमा