आगामी दुई दिनसम्म देशभरका यि स्थानमा भिषण वर्षा हुने

काठमाडौं । आगामी दुई दिनसम्म देशभर वर्षा हुने हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मनसुनी वर्षा शुरु भएसँगै देशका विभिन्न स्थानमा भीषण र कुनै ठाउँमा छिटपुट वर्षा भइरहेको छ । आजराती देशका विभिन्न स्थानमा भिषण वर्षा हुने महाशाखाको अनुमान छ । त्यस्तै सोमबार दिउँसो देशैभरि आंशिकदेखि सामान्य बदली रही पूर्वका केहि स्थानहरु साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। यस्तै सोमबार राति देशको मध्य र पश्चिमी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलि तथा पूर्वी भू–भागमा सामान्य बदलि भइ पूर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

यसैबिच शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले बाँकेको नरैनापुर गाउँपालिकाका एक दर्जन बढी घर भत्किएका छन् भने सयौँ घर डुबानमा परेका छन् ।दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेका गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् । सयभन्दा बढी घर डुबेका र झण्डै एक दर्जन घर भत्किएका अध्यक्ष शाहले जानकारी दिनुभयो । निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पु¥याएको छ । पुल तथा कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको उहाँले बताउनुभयो । वडा नं १ कट्कुइँयास्थित वडा कार्यालयमा समेत पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो ।

घरहरुमा पानी पसेपछि गाउँपालिकाका अध्यक्ष शाह नेतृत्वको टोली उद्धारमा खटिएको छ । अविरल वर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरहरुमा पसेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । नेपालगञ्जमा १०० दशमलव दुई मिलिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालयका निमित्त फिल्ड इञ्चार्ज पहलबहादुर विश्वकर्माले जानकारी दिनुभयो । अविरल वर्षाले नेपालगञ्जको मुख्यबजार क्षेत्र घरवारीटोल, गणेशपुर क्षेत्र, बसपार्क लगायतका बजार क्षेत्र डुबानमा छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले डुबानबाट जनधनको क्षति नभएपनि जनजीवन प्रभावित भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

खुला दिसामुक्त जिल्ला घोषणा गरिएको सदरमुकाममै छैन सार्वजनिक शौचालय

प्रधानमन्त्री रोजगार कार्यक्रम : युवा वर्गमा अवसर र उत्साह