घरको सिसा फुट्दा सरकारले दियो बिर्तामोडका मेयरलाई ३० लाख क्षतिपुर्ति!

सरकारले बिर्तामोड नगरपालिकाका मेयर धु्रबकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ।स्थानीय आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयरलाई मन्त्रिपरिषद्को निर्णयबाट ३० लाख दिइएको हो।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा झापाबाट लक्ष्मी काफ्लेले लेखेका छन्।स्थानीयको घरमा खेल्न गएका अर्जुनधारा ११ का बालक लक्ष्मण सिवाकोटी नजिकै पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीय आन्दोलित भएका थिए।सरकारी गाडी नगरपालिकाले बनायो। निजी गाडीको बिमा लिएको मेयरका छोरा छोरा नेपालरत्न नै स्वीकार्छन्।

तर, चार लाख ५० हजारको बुलेट मोटरसाईकलको बिमा दाबी गर्नुको सट्टा सरकारी ढुकुटीबाट मेयर ३० लाख लिँदैछन्।मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थले मेयरलाई दिने रकम गृहमा पठाइसकेको छ।तर, सरकारले गरेको यो निर्णयको झापाका नेकपाकै कार्यकर्ताले बिरोध गरेका छन्।नेकपाका कार्यकर्ता उमेश खतिवडा प्रश्न गर्छन्, ‘घरको बढीमा ६० हजारको सिसा फुट्यो होला, गाडी र मोटरसाईकलको क्षति त बिमाले बेहोर्छ नि, राज्यबाट मेयरलाई ३० लाख सहयोग किन?’

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

भारतीय ‘बाँध’ ले बाँकेमा यसरी डुब्यो नेपाली बस्ती

खुल्यो सुमार्गीले छलेको कर असुल्ने बाटो