भारतले निर्माण गरेको बाँधजस्तो सडकले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुरका अधिकांश गाउँ डुबानमा परेका छन्।नरैनापुर भारतीय सीमा क्षेत्रसँगै जोडिएको गाउँपालिका हो। उत्तरतिरबाट बग्ने पानीलाई पूर्वपश्चिममा फैलिएको बाँधजस्तो सडकले थुन्दा नरैनापुरको वडा नम्बर १, २ र ३ मा सबैभन्दा बढी डुबान गरेको छ।
नरैनापुरको बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपूर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपूर्वा, शनपूर्वालगायत दर्जनौं गाउँ डुबेको खबर नेपालगन्जबाट अर्जुन ओलीले आजको नागरिक दैनिकमा लेखेका छन्।
अधिकांश गाउँ डुबानमा पर्दा स्थानीय बासिन्दा विस्थापित भएका छन्। त्यहाँका करिब एक सय बढी घर डुबेको र करिब एक दर्जन घर भत्किएको नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए। ’
Comments
0 comments