भारी वर्षाका कारण डोल्पाको ठुलिभेरी नगरपालिकाको रुपगाड खोलामा आएको बाढीले पुल बगाएको छ । पुल बगाएपछि जाजरकोट–डोल्पा सडकखण्डभित्र आवतजावत अवरुद्ध भएको छ ।
जुफाल विमानस्थलबाट दुनै आवतजावतका साथै तल्लो डोल्पाबाट दुनै आउने बाटो अवरुद्ध भएको बताइएको छ । एक महीनाअघि मात्र निर्माण गरिएको पुल बाढीले बगाएपछि रुपगाडको दुई किनारामा यातायातका साधनहरु अलपत्र परेका छन् । बाढीले पुल बगाउँदा आवतजावतमा समस्या भएको स्थानीय वीर्खबहादुर रोकायले जानकारी दिनुभयो ।(रासस)
Comments
0 comments