प्रहरीले सूर्यविनायक नगरपालिका–५ सल्लाघारीबाट जुवातास खेलिरहेको अवस्थामा तेह्र जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरुलाई रु छ लाख एक हजारसहित पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार पक्राउ परेको १३ जना विरुद्ध आजै मुद्दा चलाएर कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
शव फेला
भक्तपुर नगरपालिका–१० कमलविनायकमा उपेन्द्र ढकालको घरमा डेरागरी बस्दै आएका ४५ वर्षीय राजकुमार थापाको आज शव भेटिएको छ । थापा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् । ठेगाना खुल्न नसकेका थापाको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।(रासस)
Comments
0 comments